दोश्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल पुष ११ देखि मुग्लिङमा, भयाे यस्तो सम्झौता
हरेक वर्ष मुग्लिङ बजारमा आयाेजना गरिने दाेस्राे सुन्तला महाेत्सव यस पटक पुष ११ देखि हुने भएको छ ।
साे महाेत्सवकाे आयाेजक दुइ संस्था रहने गरि सम्झौता भएको छ । महाेत्सवकाे आयाेजक चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाई समिति रहने भएका हुन् । दुई संस्थाकाे संयुक्त आयोजनामा आगामी २०८२ पौष ११ गते देखि १५ गतेसम्म मुग्लिङ बजारमा हुने “दोश्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२” को सञ्चालन गर्ने विषयमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाई समिति बीच सम्झौता गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए ।
सम्झौतापत्रमा चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष कँडेल र होटल व्यवसायी संघ इच्छाकामना इकाई समितिका अध्यक्ष पुजन भण्डारीको संयुक्त हस्ताक्षर रहेको छ । सम्झौता पत्रमा सुन्तला महोत्सव व्यवस्थापन चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापन होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले मुख्य जिम्मेवारी वहन गर्नुपर्ने, महोत्सव अवधिमा हुने सम्पूर्ण आम्दानी खर्च दुबै आयोजक संस्थाको हुने, महोत्सवमा हुने खर्चको सन्दर्भमा दुबै संस्थाको समन्वयमा खर्च व्यवस्थापन गरिने लगायतका विषयमा सम्झौता गरिएको छ ।
सम्झौता कार्यक्रममा चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष गजेन्द्र अधिकारी, चितवन उद्योग संघ इच्छाकामना समितिका उपाध्यक्ष सञ्जय खनाल, सचिव शिव पौडेल, इच्छाकामना समिति, महिला उद्यमी मञ्चकी अध्यक्ष सम्झना सिलवाल, होटल व्यवसायी संघ इच्छाकामना इकाई समितिका संस्थापक अध्यक्ष नारायण पाण्डे, निवर्तमान अध्यक्ष मिनबहादुर श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका बरिष्ठ उपाध्यक्ष दल बहादुर बुढाथोकी, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
२०८२ पौष ११ गते देखि १५ गतेसम्म “दोश्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२” बिहान ९ः०० बजेदेखि राती ८ः०० बजेसम्म सञ्चालन हुनेछ ।




