पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

मूलखबर संवाददाता
झापा, १२ मंसिर

नेपालकाे निर्यातजन्य वस्तुमध्ये चिया प्रमुख वस्तु बनेकाे छ । पुर्वी नेपालकाे मुख्य  अाम्दानिकाे श्राेत बनेकाे नगदेबाली चियाले अहिले राम्रै निर्यात पाइरहेकाे छ।

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।