एमाले महाधिवेशन प्रतिनिधिमा आकांक्षी धेरै, लमजुङको ९ सिटमा ४० काे मनाेनयन
नेकपा एमालेको आगामी महाधिवेशनका लागि बन्ने प्रतिनिधिमा हुने मनाेनयनकाे लागि लमजुङमा धेरै आकांक्षी देखिएका छन् ।
लमजुङबाट खुल्ला तर्फ ४ सिटको लागि २१ जना, महिला तर्फ ३ जनाको लागी १० जना, युवा तर्फ १ जनाको लागि ४ जना र दलित तर्फ १ जनाको लागि ५ जनाले मनोनयन दर्ता गरेका छन ।
निर्धारित समयभित्र सहमतिको लागि अधिकतम प्रयास गरिने र सहमति नभए १३ गते मतदान हुने एमालेले जनाएको छ ।
एमालेकाे महाधिवेशन यही मंसिरकाे अन्तिममा महाधिवेशन हुँदैछ ।






