बेनीघाट राेराङ गाउँपालिकाकाे प्रशासनिक भवन प्रचण्डद्वारा उदघाटन
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवनकाे उदघाटन नेपाली कम्युनिष्ट पार्टीका संयोजक, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ ।
हालै निर्माण सम्पन्न भएको प्रशासनिक भवनकाे उदघाटनमा पुगेका पुर्वप्रधानमन्त्री प्रचण्डको स्वागतमा हजारौं जनसमुदायले फुल मालाले स्वागत गरेका थिए ।
कार्यक्रममा वागमती प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जमकट्टेललगायतका नेताहरूकाे सहभागीता रहेकाे थियाे ।
साे गाउँपालिका प्रमुखमा तत्कालीन माओवादी केन्द्रका युवा नेता तथा सहिद पुत्र कृष्णबहादुर थपलिया कार्यरत रहेका छन् ।




