बंगलादेशको ढाकामा भुकम्पमा १० काे मृत्यु , सयाैं घाइते
बंगलादेशको ढाकामा शुक्रबार गएको भूकम्पमा परी १० जनाकाे मृत्यु भएको छ भने सयौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । यूएस जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र जमिनमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको थियो ।
बंगलादेशी अखबार द डेली स्टारका अनुसार हालसम्म भूकम्पमा १० जनाको मृत्यु भएको हो । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा र भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर पैदलयात्रीको मृत्यु भएको डेली स्टारमा उल्लेख छ ।




