गुप्तचर विभाग पुनः गृह मन्त्रालय मातहत ल्याउने सरकारको निर्णय
सरकारले यसअघि प्रधानमन्त्री कार्यलय मातहत रहेकाे राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्राालय मातहत ल्याउने भएको छ ।
अस्ति बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमातहत लैजाने गरी नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाएको छ ।
तत्कालीन नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धन सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पहिले गृह मन्त्रालय मातहतको सो गुप्तचर बिभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएर गोप्य सूचना भुत्ते बनाउदै अवज्ञा गरिदा अप्रिय घटनाहरू हुदै गरेको गृहले रोक्न नसकेको वर्तमान सरकारले महसुस गरेर यो निर्णय गरेको बताइएको छ ।




