दाेर्दी १ ले गर्याे जेष्ठ नागरिकलाई सिरक दिएर सम्मान
लमजुङको दोर्दी गाउँपालिका अनतरगत वडा नं १ ले वडाभित्रका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई जाडाे याममा आवश्यक पर्ने सिरक वितरण गर्दै जेष्ठ नागरिक सम्मान गरेको छ ।

वडासमितिकाे पहल र अध्यक्ष लक्ष्मी अधिकारीकाे नेतृत्वमा वडाभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई ताताे सिरक वितरण गरी सम्मान गरिएको हाे ।
सम्मान पछि जेष्ठ नागरिकहरूले वडाध्यक्ष र वडासमितिलाई धन्यवाद दिएका थिए । साे अवसरमा वडा सदस्यहरू पनि सहभागी रहेका थिए ।





