ओलीकाे आदेश मान्दा मधेस प्रदेश प्रमुखकाे गयाे जागिर, भइन् बर्खास्त
सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेपछि उनी बर्खास्तीमा परेकी छीन् । नेकपा एमालेकी भण्डारीलाई पार्टी अध्यक्ष केपी ओलीले निवर्तमान मुख्यमन्त्री हटाउन तथा एमाले सांसद सराेज यादवलाई मुख्यमन्त्री बनाउन प्रयाेग गरेपछि उनलाई बर्खास्त गरिएको हाे । उनलाई राष्ट्रपति रामचन्द्र पाैडेलले पदमुक्त गरेकाे पत्र पठनएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेस प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए। उनको सट्टामा सुरेन्द्र लाभलाई प्रदेश प्रमुख सिफारिस गरिएको छ।
‘पदमुक्तका लागि सरकारले सिफारिस गर्ने हो। त्यो निर्णय भयो,’ मन्त्री पुनले भने, ‘उहाँले के-के गर्नुभएछ, त्यसैका आधारमा क्याबिनेटले पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।’
प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई सोमबार झिसमिसेमै बर्दिबासको होटल डाकेर मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन्।




