विश्वासको मत नपाउने देखेपछि मधेस मुख्यमन्त्री साेनलले दिए राजिनामा, सहयाेगी बने सभामुख
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजिनामा दिएका छन् । यस सँगै तमलाेपा नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री बनेकाे १ महिना भित्र विश्वासको मत दिनुपर्ने कानुनी व्यवस्था अनुसार शनिबार उनले विश्वासको मत लिने दिन थियो । तर उनलाई समर्थन गरेकाे माओवादी केन्द्रका सांसदमा देखिएकाे असन्तुष्टिले गर्दा उनलेे विश्वासकाे मत नपाउने स्थिति बनेपछि उनलेे राजिनामा गरेका हुन् । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको हाे । माओवादी केन्द्रबाट निर्वाचित सांसद रहबर अन्सारी र माला कर्णकाे विराेध र जनमत पार्टीको आन्तरिक द्वन्द्वका कारण साेनलले विश्वासको मत नपाउने स्थिति बनेकाे थियाे । त्यसमा सहयाेगी बने सभामुख रामचन्द्र मण्डल जसले मुख्यमन्त्रीले आधा घण्टा सदन स्थगित गर्न मा गर्दा नगरी अगाडि बढाए ।
मधेश प्रदेशसभामा १०७ सदस्य प्रदेशसभामा जसपाको हाल १८, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाका ८ र एकीकृत समाजवादीको ७ सांसद छन् । समर्थन दिने भनेको नागरिक उन्मुक्तिको १ सिट छ । तर दावी पेश गरेकै दिन जनमत विभाजन, कार्तिक ३० गते सपथ लिँदा जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा परेर निलम्बन हुँदा सरकार नैतिक संकटमा थियो ।
विश्वासको मतको लागि सरकार विस्तार रोकिएको थियो । मुख्यमन्त्री सोनलले आफ्नो ५७ विश्वासको मत पर्ने बताएका थिए । विश्वासको मत लिइसकेपछि विना विभागीय दुई मन्त्रीलाई मन्त्रालय तोक्ने, सरकार विस्तार गर्ने उनको तयारी थियो । उनलाई विश्वासको मत दिलाउन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर जनकपुर आएर खटिएका थिए । तर जनमत र माओवादी केन्द्रभित्रको आन्तरिक विवादले सरकार विस्तार गर्न नपाउँदै सोनाल नेतृत्वको सरकार ढल्न पुगेको छ ।




