२०२५ को राजदुतस्तरिय बेल्ट एण्ड रोड छात्रबृत्तिको नतिजा घोषणा
बेइजिङस्थित नेपाल दूतावासले ओभरसिज चाइनिज च्यारिटी फाउन्डेसन अफ चाइना (OCCFC) सँगको सहकार्यमा राजदूतस्तरिय बेल्ट एण्ड रोड छात्रवृत्तिको लागि गरेको आवेदनको नतिजा घोषणा गरेको छ ।
आवेदन अवधि गत अक्टुबर महिनाको १३ देखी २८ सम्म रहेको थियो । चीनमा उच्च शिक्षा हासिल गरिरहेका इच्छुक नेपाली विद्यार्थीहरूले आवेदन दिन पाउने ब्यबस्था रहेकोमा कुल १४४ जनाको आवेदन परेको थियो ।
उक्त नियमित वार्षिक कार्यक्रमले आवेदकहरुको मुल्याङ्कन गर्दै नतिजा सार्वजनिक गरेको हो । बेइजिङस्थित नेपाली दूतावास र राजदूत छात्रवृत्ति कार्यक्रमको विशेष कोष व्यवस्थापन समितिको संयुक्त प्रयासमा कुल आवेदकहरूमध्येबाट १२ जना विजेताहरू छनोट गरिएको छ। छनोट प्रक्रियाका योग्यता अन्तर्गत उत्कृष्ट अङ्क, चिनियाँ सरकारबाट हालको छात्रवृत्ति स्थिति, लिङ्ग, नेपालको पिछडिएको र सीमान्तकृत समुदायसँगको सम्बन्ध, पाठ्यक्रमका अतिरिक्त संलग्नता, नैतिक चरित्र, सामाजिक उत्तरदायित्व, विश्वव्यापी क्षमता, आदिमा आधारित रहेको छ ।
यस कार्यक्रम अन्तर्गत प्रथम स्थान हासिल गर्नुहुनेलाई चिनियाँ युआन दश हजार र अन्य ११ जनालाई चिनिया युआन पाँच हजार पुरस्कारले सम्मानित गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रथम स्थान हासिल गर्न नेपालको मधेस प्रदेश निवासी चन्दन कुमार साह हुनुहुन्छ भने द्वित्तिय स्थान हासिल गर्न सफल हुनुहुने आवेदकहरुमा याङ्चौ बिश्वबिध्यालयमा अध्ययनरत बिभुष श्रेष्ठ, कुइलिन चिकित्सा बिश्वबिध्यालयमा अध्ययनरत मन्दिप मणि, होहाई बिश्वबिध्यालयमा अध्ययनरत प्रबिण बिक्रम केसी, वुहान बिश्वबिध्यालयमा अध्ययनरत निरग बस्नेत , नानचिङ एरोनटिक्स बिश्वबुध्यालयमा अध्ययनरत कोशिस शर्मा , बेइजिङ बिश्वबिध्यालयमा अध्ययनरत अनिश तिवारी , साङ्हाइ चियातोङमा अध्ययनरत अछ्यरा रेग्मी , पेइहाङ बिश्वबिध्यालयमा अध्ययनरत सिन्धु पण्डित, बेइजिङ बिश्वबिध्यालयमा अध्ययनरत समता बज्राचार्य, सिचुवान बिश्वबिध्यालयमा अध्ययनरत सङ्केत यादव र सियामन बिश्वबिध्यालयमा अध्ययनरत सरिता सापकोटा रहेका छन् । बिजेतामध्ये २ जना बिध्याबारिधि, ३ जना स्नातोकोत्तर र ७ जना स्नातक तहमा अध्ययनरत छन् ।
गत बर्ष यस प्रकारको प्रतियोगितात्मक कार्यक्रमको नतिजा जुन ५ तारिखका दिन बेइजिङस्थित नेपाली दूतावास परिसरमा तत्कालिन राजदुत महामहिम बिष्णुपुकार श्रेष्ठको उपस्थितिमा टुमारो टेक्नोलोजी एजुकेशन सर्भिस सेन्टरसँगको सहकार्यमा चीनका विभिन्न विश्वविद्यालयहरूमा विद्यावारिधि/स्नातकोत्तर/स्नातक डिग्री अध्ययनरत दश जना नेपाली विद्यार्थीहरूलाई बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति प्रदान गरेको थियो । घोषित बिजेताहरुले पुन: अर्कोपटक कार्यक्रममा आवेदन दिन भने नपाउने व्यवस्था रहेको छ ।




