नारायणकाजी श्रेष्ठले दिए एकता गर्दा ध्यान दिनु जरुरी ३ टिप्स
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा पुर्व उपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी एकताका क्रममा अत्यन्त धन पुर्याउनुपर्ने ३ टिप्स दिएका छन् ।
माओवादी केन्द्रसहितका ९ पार्टीबीचको एकता र जनार्दन शर्माले एकता प्रक्रियामा सामेल नभई गरेको पार्टी परित्यागको घटना र एकताकाे सहमतिलाइ केन्द्रीय समितिकाे बैठकले अनुमाेन गरेपछि फेसबुकमा एक स्टाटस सार्वजनीक गर्दै उनले ती टिप्स दिएका हुन ।
उने एकता नेपालका सबै कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको एकीकरण र पुनर्गठनको प्रस्थान विन्दु बन्नु पर्ने बताएका छन् भने जेन जी (Gen Z ) बिद्रोहात्मक आन्दोलनको चेतना , मुद्दा र संगठन एवं अन्य जिम्मेवारीहरूमा जेन जी सहितका युवाहरुको उल्लेखनीय सहभागिता तथा प्रतिनिधित्व लाई एकीकृत पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै तदनुरूप अघि बढ्न प्रतिबद्ध हुनु पर्ने बताएका छन् ।
हेराैं उनकाे स्टाटस –
आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक संयोजक कमरेड प्रचण्डको अध्यक्षतामा बस्यो ।
बैठकले हाम्रो पार्टी र नेकपा (एकीकृत समाजवादी ) सहित ९ पार्टीहरूको पार्टी एकीकरण गर्ने निर्णय र प्रस्तावित एकीकृत पार्टीको साझा घोषणापत्र लाई अनुमोदन गर्यो । यसरी आजको बैठक नेकपा (माओवादी केन्द्र ) को अन्तिम बैठकको रुपमा पार्टी एकीकरण गर्ने निर्णय गर्दै सफलता पूर्वक सम्पन्न भयो ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (Communist Party of Nepal ) र चुनाव चिन्ह पाँच कुने तारा रहने भएको छ ।
पार्टी एकता गरी एकीकृत पार्टी निर्माण गर्दा एकतामा सामेल सबै क्रान्तिकारीहरूले प्रारम्भ देखि नै निम्न पक्षहरूमा गम्भीर ध्यान दिनु जरुरी छ ;
एक, यो एकता नेपालका सबै कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको एकीकरण र पुनर्गठनको प्रस्थान विन्दु बन्नु पर्दछ ।त्यसो भएमात्र यो देश ,जनता र कम्युनिष्ट आन्दोलनको माग अनुरुपको कोषे ढुंगा बन्न सक्नेछ ।
दुई ,नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनको आजको मुख्य समस्या विचारधारात्मक सांस्कृतिक (ideo-cultural ) समस्या हो । त्यसैले समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक सांस्कृतिक संकट लाई समाधान गर्न व्यापक वैचारिक सांकृतिक रुपान्तरणको अभियान लाई एकीकृत पार्टीले शुरुदेखि नै आफ्नो अभिन्न काम बनाएर जानुपर्छ । क्रान्तिकारी उद्देश्य ,आदर्श ,विचार ,सिद्धान्त ,विधि पद्धति ,स्वच्छता , प्रदतिशिल संकृति , श्रमजीवी एवं उत्पीडित वर्ग एवं जनमुखी चरित्र लाई एकीकृत पार्टीको चारित्रिक विशेषता बनाउनु पर्दछ । अन्यथा पार्टी एकता जोडघटाउ को थुप्रो मात्र बन्ने र परिणाममुखी एवं सार्थक नबन्ने खतरा उत्पन्न हुनेछ ।किमार्थ त्यसो हुन दिनु हुँदैन ।
र ,तीन, जेन जी (Gen Z ) बिद्रोहात्मक आन्दोलनको चेतना , मुद्दा र संगठन एवं अन्य जिम्मेवारीहरूमा जेन जी सहितका युवाहरुको उल्लेखनीय सहभागिता तथा प्रतिनिधित्व लाई एकीकृत पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै तदनुरूप अघि बढ्न प्रतिबद्ध हुनु पर्दछ ।




