मलेसियाले ताेक्याे नेपाली म्यानपावर कम्पनीलाई १० शर्त

मूलखबर संवाददाता
काठमाडौं, ११ कात्तिक

मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० सर्त राखेको छ।

अब मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो।

मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि समेत उक्त सर्त राखेको हो।

मलेसियाले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै नेपालबाट कामदार भर्ना प्रक्रिया र कामदार पठाउन संलग्न म्यानपावर कम्पनीहरू व्यवस्थित बनाउने हिसाबले मापदण्ड तोकेको जनाएको छ।

कामदार भर्ना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउनका लागि मलेसियाको मानव संसाधन मन्त्रालयले १० वटा मापदण्ड तय गरेको उल्लेख गरिएको छ।

मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालसँग ती मापदण्ड पूरा भएका म्यानपावर कम्पनीहरूको सूची तयार गरी मलेसियाको मानव संशाधन मन्त्रालयमा पेस गर्न अनुरोध गरेको छ।