तिहार पर्वलाई लक्षित गर्दै सिजी डिजिटल र एलजी साेपकाे लुटाे अफर

मूलखबर संवाददाता
काठमाडौं, ३ कात्तिक

तिहार पर्वलाई लक्षित गर्दै CG Digital र LG Shoppe ले “LUTO LUTO OFFER !! Scratch & Win Instant Discount” नामक विशेष ग्राहक–अभियान सुरु गरेका छन्। “Every Scratch Wins Instant Discount!” भन्ने आकर्षक अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले LG, CG, CG Meridia, TCL, Beko, Black+Decker, Godrej, Sensei, Burly, Midea, Kent, Elica, Crompton, NOTHING (R) र Motorola जस्ता अग्रणी ब्रान्डका उपकरण खरिदमा ४०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहक सुविधाका लागि कम्पनीले पुराना उपकरण साट्ने (Exchange) र ०% ब्याजदरमा EMI सुविधा पनि उपलब्ध गराएको र साथै CG X-Elex प्रणालीमार्फत तत्काल स्वीकृत “On-the-Spot EMI” सुविधा प्रदान गरिनेछ, जसले खरिद प्रक्रिया झन् सहज र तीव्र बनाउनेछ।

कम्पनीका प्रतिनिधि अनुसार, “यस अफरमार्फत ग्राहकलाई केवल छुट होइन, हरेक स्क्र्याचमार्फत उत्साह र खुसी प्रदान गर्ने सोचका साथ यो अभियान ल्याएका हौँ। यो अफर कार्तिक ११ गतेसम्म मात्र लागू हुनेछ र यस अवधिभर ग्राहकहरूले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, ज्यूसर, कूलर लगायतका अत्याधुनिक उपकरणहरू एकै स्थानमा सहज रूपमा खरिद गर्न सक्नेछन्। योयोजना सम्पूर्ण CG Digital र LG Shoppe मा लागु गरिएको छ। देश भर CG Digital का २० वाट शोरुम र LG Shoppe का ७ वाट शोरुम अवस्थित छन |
तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
ग्राहकहरूले देशभरका CG Digital र LG Shoppe शोरुमहरूमा गएर वा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत अफरसम्बन्धी थप विवरण प्राप्त गर्न सक्नेछन्।

(https://www.facebook.com/cgdigitalnepal, https://www.facebook.com/lgbrandshopnepal)