त्रिविका विभिन्न उच्च पदमा ९ जना नियुक्त, को को ले पाए जिम्मेवारी ?
त्रिवि परीक्षा नियन्त्रकमा पौडेल र कानुन डीनमा पराजुली, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा तिवारी नियुक्त
सरकारले त्रिभुवन विश्वविद्यालयको विभिन्न ९ उच्च पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ । शिक्ष मन्त्रालयका अनुसार सरकारले परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल र कानुन संकायको डिनमा डीएन पराजुली नियुक्त गरेको छ । यस्तै, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अगुमगन निर्देशालनयको निर्देशकमा यमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे नियुक्त भएको त्रिविले जनाएको छ ।
शिक्षा संकायको सहायक डीनमा अवतार सुवेदी, सहपरीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसको प्रमुखमा ठाकुर वाग्ले, हटौंडा वन क्याम्पसको प्रमुखमा यमबहादुर केसी र ललितकता विभागको प्रमुखमा अञ्जु कँडेल नियुक्त भएका छन् ।
यी सबै पदमा दरखास्त आह्वान गरी सिफारिस समितिले मूल्याङ्कनबाट गरेको सिफारिसका आधारमा नियुक्त गरिएको रेक्टर खड्ग केसीले जानकारी दिए । सिफारिस समेतको काम बाँकी रहेकाले विद्यार्थी कल्याण निर्देशक नियुक्ति भने रोकिएको छ ।





