सरकार जेनजी आन्दोलनको मर्मबाट दायाँबायाँ गर्दैन : प्रधानमन्त्री कार्की

मूलखबर संवाददाता
काठमाडौं

जेनजी आन्दोलनकाे बलमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री शुशिला कार्कीले सरकार जेनजी आन्दोलनकाे म्याण्डेट भन्दा दायाँबायाँ नजाने बताएकी छिन् ।

बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताएकी हुन्। त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन्।

कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन्।