सुनकाे मुल्य निरन्तर उकालोमा, २ लाख ५० नाघ्याे
सुनकाे मुल्य ताेलाकाे २ लाख ५० हजार नाघेको छ ।
नेपाल राष्ट्र ब्याङ्कले दैनिक आयात गर्न सकिने सुनको परिमाण बढाइदिएको छ। तर नयाँ व्यवस्थानुरूप सुन नभित्रिएकाले बजारमा सुनको पर्याप्त आपूर्ति हुन नसकेको सुनचाँदी व्यवसायी महासङ्घका एक पदाधिकारीले बताएका छन्।
राष्ट्र ब्याङ्कले पाँच दिनअघि दैनिक आयात गर्न सकिने सुनको परिमाणलाई बढाएर २० केजीबाट २५ केजी पुर्याएको थियो।
“तर ब्याङ्कहरूले उक्त नयाँ व्यवस्थानुरूप सुन आयात गरिसकेका छैनन्,” सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले भने, “कतिपय ब्याङ्कले पुरानै मौज्दात सकिइनसकेको बताइरहेका छन्।”




