जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेका परीक्षार्थीले पुन परीक्षा दिनु पर्ने
जेनजी आन्दोलनकाे क्रममा प्रहरी कार्यलय जलाइँदा नष्ट हुन पुगेकाे त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तहकाे माैका र आंशिक परीक्षाका उत्तरपुस्तिकाहरूकाे पुन: परीक्षा दिनुपर्ने भएको त्रिविले जनाएको छ ।
अनारमनी (झापा), चन्द्रनिगाहपुर (रौतहट) र नारायणपुर (दाङ) केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यहाँस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।





