बल्खु टेकु क्षेत्रमा वाइसीएलले गर्याे विपदमा उद्वार र सहयाेग
वाईसिएल नेपालका कार्यकर्ताहरूले काठमाडौंकाे बागमती नदीमा आएकाे बाढीबाट डुबानमा परेका बल्खु टेकु क्षेत्रमा घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर सफा गर्न सहयोग गरेका छन् ।
केन्द्रीय अध्यक्ष पुष्प ओलीकाे नेतृत्वमा गएकाे टिमले बाढीले क्षति पुर्याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ ।
बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अध्यक्ष पुष्प ओलीको नेतृत्वमा वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ ।




