महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने जिम्मा वरिष्ठ नेता श्रेष्ठलाई दिन जनार्दनकाे माग
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले राखेकाे धारणा ।
जेन्जी आन्दोलनको सकारात्मक संश्लेषण गरौं।
• आन्दोलनले भ्रष्ट राजनीति र संस्कृतिमा प्रहार गरेको छ।
• दलतन्त्र नेतातन्त्र दलाली तन्त्र कमिसनतन्त्रलाई राम्रोसँग उजागर गरिदिएको छ।
• राजनीतिक पार्टीहरू र सरकारले जनसरोकारका विषयहरू जनजीविकाका प्रश्नहरूको वेवास्था गरेको परिवारवादमा फसेको राजनीतिलाई सेवा भन्दा व्यवसायको रुपमा लिएको वैभवशाली जीवन शैली अबलंबन गरेको आदि विषयहरू सशक्त रुपमा उठाएको छ
• यी समस्याहरू सरकार राजनीतिक पार्टीहरूका काम कारबाहीहरूले गर्दा जनताप्रतिको जवाफदेहिताको अभावमा स्वार्थ केन्द्रित कामहरू को कारणले उत्पन्न भएको हो।यो परिस्थिति उत्पन्न गर्ने कुनै अन्य शक्ति होइन । राजनीतिक पार्टी का काम र व्यवहारहरू हुन्। यसमा अन्य पार्टीहरूप्रति त जनताको विश्वास नै थिएन। हाम्रो पार्टी जसले हिजो जनयुद्धमा यस्तै मुद्दाहरु उठाएर विद्रोह गरेका थियौ बाट समेत जनताले नेकपा माओवादी र अरु पार्टीमा फरक देखेनन्। तसर्थ हामी यस कुरामा बढी जिम्मेवार रहेको कुरा स्वीकार गर्नुपर्दछ। यी कमजोरीहरूप्रति हामी आत्मा आलोचित हुनुपर्दछ। जनता सामू पश्चाताप गर्नुपर्दछ।
• जेन्जी आन्दोलनले समस्याको उजागर मात्रै गरेको छैन समाधानको बाटो पनि खोलेको को छ। अब हामीले सुशासन समृद्धि र जनअपेक्षा लाई आत्मसात गर्नका लागि हाम्रा सोच, हाम्रो व्यवहार ,नीती , समरचना र नेतृत्व प्रणाली सहित हाम्रो काम कारबाही सबैलाई बदल्न सक्नुपर्दछ। पार्टीमा आमूल परिवर्तन गर्न नयाँ पुस्ताको बाहुल्यता र नेतृत्व बारे सोच्नुपर्छ आफैंलाई सच्याउने र सुधार्ने , रूपान्तरण गर्ने , पुनर्गठन गर्ने एउटा अवसरको रुपमा लिनुपर्दछ।
• यतिबेला संविधान मुूर्छित अवस्थामा छ दलहरूविगटित अवस्थामा छन् संसद विघटन भएको छ।जेन्जी विद्रोह भित्र घुसपैट भएर देशको महत्वपूर्ण रणनीतिक पूर्वाधारहरू तथ्य तथ्याङ्कहरू र इतिहास मेटाउने उद्धेश्य लेआगजनी भएको छ। असफल राष्ट्र तिर लैजाने प्रयत्न भएको छ। एउटा ठूलो त्रास फैलिरहेको छ। व्यावसायिक क्षेत्रहरूको मनोबल गिरेको छ। ठूलो क्षति भएको छ।
• यस परिस्थितिमा वर्तमान विश्वमा चलिरहेको युद्ध नयाँ ध्रुवीकरणका प्रभाव र असरहरु साथै नेपालको भूराजनीतिक अवस्था समेतलाई हेर्दा हाम्रो राष्ट्रियता गम्भीर खतरामा छ।राष्ट्रियता सार्वभौमिकता र अखण्डताको रक्षा गर्नको लागि हामी सचेततापूर्वक बदलीयको परिस्थिती अनुरूप हामा निती र अभ्यास मा विकास गर्दै वर्तमान सरकार सम्मानीय राष्ट्रपतिज्यू र देशभक्त सम्पूर्ण जनताबीच तालमेल र सहकार्य कोआवश्यक छ।राष्ट्रभन्दा ठूलो अरु केही छैन ।हामीले अरु स्वार्थबाट मुक्त भई राष्ट्रियताको रक्षाको बारेमा सहकार्य र कुटनैतीक पहल चनाखो र गभिर रुपमा गर्नु पर्दछ।
• वर्तमान सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनको अवस्थामा ल्याइपुर्याउन मद्दत गर्नुपर्दछ।
• २०४६ पछि राज्यका विभिन्न ओहोदामा बसेराहरुको सम्पत्ती एवं भ्रष्टाचारको छानबिन , सिंहदरबार लगायतका संरचनाहरूमा आगजनी वारे , र २३ गतेको नरसम्हार मा संलग्नलाई कारबाही गर्न छानविनका लागी आयोग बनाई सत्य तथ्य पत्ता लगाइउन माग गर्दै छानबिनमासहयोग पुर्याउनु पर्दछ ।
• देशमा राजनीतिक स्थायित्व एकातिर आवश्यक छ भने अर्कोतिर नेतृत्व निरंकुश हुन नदिने नीति पनि आवश्यक छ। त्यसका लागि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको प्रणाली निर्माण गर्नुपर्दछ। साथसाथै राष्ट्रका प्रमुख मुद्दाहरू राष्ट्रियता ,सेना परिचालन , गभीर महत्वका सन्धी संझौ लगायतका विषयहरू संसदकोअधिकार क्षेत्रमा राखेर सन्तुलन कायम हुने नीति सहित प्रत्यक्ष पूर्णसमानुपातिक निर्वाचन प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्नुपर्दछ।
• पार्टीबारे
• हाम्रो पार्टी यतिबेला विघटित प्राय छ। पार्टी केन्द्रीय कार्यालय आग्जनी मा परेको छ । आन्दोलन ले निम्त्याउने संभावित खतरा वारे पूर्व आकलन गर्न नसक्नु , लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुदाहुँदै हाम्रो पार्टी हेडक्वाटर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैलाई बचाउने हैसियत नहुनुले हाम्रो वास्तविरतालाई उजागर गरेको छ।आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्यौलमा रहेका नेता कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौँ। यसलेहाम्रो विघटनको तथ्यलाई स्पष्ट गर्दछ।
• यो परिस्थितिबाट पार्टीलाई फेरि पुनर्गठित गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरू को स्मरण गर्दै सम्पूर्ण कमजोरीहरुलाई धोइ पखाली गर्नेगरी हाम्रो सोच दृष्टिकोणलाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ।
• पार्टी पुनर्गठनको अनिर्वायता महसुस गरी विगत केही समयदेखि मैले स्वविवेकले उठाएका विषयलाई विभिन्न ढंगले आरोपित गर्ने प्रयत्न गरियो। सायद ती विषयलाई सोही समयमा आत्मसाथ गरेको भए आज हाम्रो पार्टीको अवस्था यस्तो हुने थिएन ।
• पार्टी पुनर्गठनका लागि हामीले यतिबेला विचार राजनीति संरचना समग्र क्षेत्रमा नयाँ ढङ्गले बदल्नुपर्नेछ।यसो गरिरहँदा हिजो हामीले गरेका त्याग बलिदान अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा भएको महान जनयुद्ध जनआन्दोलन र संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गरेर जनतालाई अधिकार सम्पन्न गर्नेमहान कार्यको अवमूल्यनकदापि हुनुहुँदैन । नेतृत्वले खेलेको भूमिका र गौरवको रक्षा नगरी आदोलनको रक्षा हुदैन ।
• नेतृत्व हस्तान्तरणबारे विगतमा हामीले माग गरेकै हो। आज आन्दोलनले ती कुराहरूलाई अझ सही साबित गरेको छ ।अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक लाइनका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात गर्नुपर्दछ।
• पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभाग दिउँ ।
• महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्व समेत सुनिश्चित गर्न अहिले नै अध्यक्ष सहित सबै पदाधिकारी राजनैतिक र वैचारिक काम गर्नेगरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्दछ।
• यसबाट अध्यक्ष कमरेड प्रचण्डले हिजो खेल्नुभएको ऐतिहासिक भूमिका सहित हाम्रो पूरक भूमिका समेतको सम्मान र वर्तमानको आवश्यकता माग पूरा गर्दै समस्याको समाधानको बाटो खोल्ने छ ।
• गत केन्द्रीय कमिटीले गरेको निर्णय बमोजिम मङ्सिर महिनाभित्र महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा पुर्याउने र अध्यक्ष प्रचण्डसहित हाम्रो पंक्तिले महाधिवेशनबाट निर्वाचित हुने कार्यकारी कमिटीलाई राजनैतीक बैचारिक सहयोग गर्ने प्रतिबद्धता र आत्मसाथीकरण जरुरी छ।
• मङ्सिरमा महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटी विघटन गरी आयोजक कमिटीमा बदलिनुपर्दछ।
• पार्टीभित्र र सरकार एवं जनप्रतिनिधिका रुपमा एउटा व्यक्ति कति पटक कुन पदमा रहन पाउने र कति समय रहने भन्ने विषयमा स्पष्ट नीति निर्माण गर्नुपर्दछ।
• हरेक तहमा नेतृत्व निर्माण प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत गर्नुपर्दछ।
• पार्टी पुनर्गठनका लागि हाम्रो समाजको वर्गीय अवस्था र विविधता , राजनैतिक चेतना जेन्जी पुस्ताको माग र उनीहरूको सपना लाई मध्यनजर गरेर आजको आवश्यकता र चुनौतीहरूको सामना गर्न विचार राजनीति संरचना र विधिहरू लाई नितान्त नयाँ ठाउँमा उठाउन जरुरी छ। यसका लागि महाधिवेशन वाट निष्कर्ष निकाल्ने छौ ।
• नेपाली कम्युनिस्ट आन्दोलन को इतिहास हेर्दा २०२५ मा पुष्पलालले जनवादीकान्ति र संयुक्तमोर्चा को नीती,२०४७ मा अध्यक्षप्रचण्डले गर्नु भएको पुनर्गठनले नेपालमा सामन्तवादकोअन्त गर्दै संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान दिन सफलभयो । २०७२ मा गरिएको तेस्रो पुनर्गठन असफल भयो।यस पृष्ठभूमिमा अब चौथो पुनर्गठन गर्न लागि निम्नआधारहरू सहित अगाडी बढ्नु पर्छ।
• कम्युनिस्ट आन्दोलन फुट विभाजन र विघटनको तीव्र प्रक्रियामा रहेका छन।कम्युनिष्ट आन्दोलनको पूर्णगठन का लागी वामपन्थी जनमतको बाहुल्यता लाई पहिलो आधार , नेपाली समाजको वर्गीय र उत्पीडनका दृष्टिकोणले मुख्य गरी महिला र दलितसाथै उत्पीडित अन्य समुदायलाई दोस्रो आधार, सामाजिक सामुदायिक एवं बौद्धिक समूदाय तेस्रो आधार र मुख्य गरी आजको प्रविधि को प्रयोग र ज्ञान मा अब्बल नयाँ सपना र क्षमता बोकेका युवा पुस्ता जेन्जी समेतको चौथो आधार बनाई पार्टी पुनर्गठन गर्नुपर्दछ।
• यहाँसम्म आइपुग्दा हामीले पार्टीलाई कि त निर्वाचनको कि त युद्धको साधनको रुपमा मात्र परिभाषित गरेका छौं ।अब पार्टीलाई नविनतम सूचना प्रविधिको प्रयोग देशको आफ्नो विशेषताका आधारमा सामाजिक , सांस्कृतिक ,आर्थिक , श्रम र उत्पादन का साथ समृद्धिको नीति निर्माण गर्न एक अनुसन्धान र प्रयोगकर्ताको रुपमा समेत बुझ्दै पार्टीलाई समृद्धिको साधनको रुपमा सामाजिक न्यायको नेताको रुपमा सुशासनको प्रवक्ताको रूपमा परिभाषित गरिनुपर्दछ।
• आन्दोलनको क्रममा घुसपैट गरी योजनाबद्ध ढंगले क्षति गरिएका सरकारी व्यावसायिक र व्यक्तिका सम्पत्तिहरू ले देशलाई धेरै पछाडि धकेलेको छ। यसले अर्थतन्त्रमा गहिरो असर गरेको छ । फेरि पनि खरानी पन्छाउँदै पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने प्रण आवश्यक छ। यसका लागि हाम्रो पार्टीले भोलेन्टियरहरूको परिचालन गर्ने नीति निर्माण गरी पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्न जरुरी छ।
• जनयुद्ध हुँदै अगाडि आएको पार्टी हुनुको नाताले हजारौंको सङ्ख्यामा सहिद परिवार बेपत्ता योद्धा परिवार घाइते योद्धाहरू अशक्त र वृद्ध वृद्धा नेता कार्यकर्ताहरू हुनुले तिनको व्यवस्थापन संरक्षणमा पार्टीको बिल्कुलै ध्यान नरहेको अवस्थालाई सच्याउँदै तिनको संरक्षण सम्बन्धी स्पष्ट नीति निर्माण गरिनुपर्दछ।
• पार्टीमा समानुपातिक समावेशी सिद्धान्त लागू गरिए पनि नेतृत्व विकासका समस्याहरू रहेका छन् तसर्थ महिला दलित र अल्पसंख्यक समूदायबाट नेतृत्व विकास गर्न विशेष नीति निर्माण गर्नुपर्दछ।
• विगतदेखि माग गर्दै आएको सुशासन को सन्दर्भमा पार्टीको नीति र व्यवहारलाई स्पष्ट गर्न पार्टीभित्र नै एउटा स्वतन्त्र आयोग बनाएर हाम्रो आफ्नै सम्पत्तिको र अन्य भ्रष्टीकरणका विभिन्न पाटापक्षको छानबिन गरी सत्य तथ्य जनसमक्ष ल्याउन स्वतन्त्र बेक्तिको नेत्तृत्वमा छानवीनआयोग बनाउनु पर्छ।
• पार्टी आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरू आफ्नो परिश्रममा बाँच्ने र स्वावलम्बी हुन आवश्यक रहेको अवस्थामा पार्टीले उत्पादन सम्बन्धी नीति योजना निर्माण गरी सबैलाई स्वरोजगार र आत्मनिर्भर बनाउने कुरामा दृडतापूर्वक लाग्नुपर्दछ। पार्टी संरचनालाई पनि सोनुरूप बदल्नुपर्दछ।
• अन्तमा पार्टी निर्माणका लागि राखिएका विषयहरूलाई आग्रह र पूर्वाग्रहपूर्ण ढङ्गले विभिन्न आरोपहरू लगाउनु वैचारिक टाट पल्टाएको विषय मात्रै हो। विषयहरू मा छलफल गरी निष्कर्षमा पुग्नु मुख्य कुरा हो। जसबाट पार्टी देश र जनताको पक्षमा हाम्रो भूमिका स्थापित हुन सकोस्।




