देउवा निवासमाअत्यधिक पैसा भेटिएको भन्ने समाचारकाे सचिवालयकाे खण्डन
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निवासमाअत्यधिक पैसा भेटिएको भन्ने समाचार कपोलकल्पित भएकाे भन्दै खण्डन गर्नुभएकाे छ ।
देउवाकाे सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्रन मिडियामा अाका समाचार गलत भएकाे दावी गरेकाे हाे ।
स्वकीय सचिव भानु देउवाले त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्ता बदनाम गराउने उदेश्यले विषेशगरी सामाजिक सञ्जालमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको र विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको ‘अण्डर ग्राउण्ड’ ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको देखिएकाले उक्त पानी ट्याङ्की रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
विज्ञप्तिअनुसार देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन क्रममा ज्यान गुमाएका सबैप्रति दुःख व्यक्त गर्नुभएको छ ।
साथै उहाँले प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले आज विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । जेनजीको प्रदर्शनलाई धमिलो बनाई आआफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले भदौ २४ गते बिहानैदेखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गरेको र राजनीतिक दलको कार्यालय तथा नेताहरूको निजी निवासमा आक्रमण गर्नेजस्ता आपराधिक क्रियाकलाप भएकोप्रति विज्ञप्तिमा भत्र्सना गरिएको छ ।
भदौ २४ गते डकैतीको शैलीमा सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा आरजु राणा देउवालगायतमाथि साङ्घातिक आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ ।




