केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

मूलखबर संवाददाता
काठमाडौं, २८ भदाै

जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

पूर्व प्रतिनिधिसभा सदस्य एवं काँग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै जना घाइते भएको उल्लेख छ ।

मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारू मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।