प्रतिनिधि सभा विघटन उपलब्धि समाप्ति गर्ने गम्भीर षड्यन्त्र : पाैडेल
प्रतिनिधि सभा विघटन उपलब्धि समाप्ति गर्ने गम्भीर षड्यन्त्र भएको माओवादी केन्द्रका सचिव सचिव पौडेलले प्रतिक्रिया दिएका छन् ।
जेन जेड पुस्ताकाे आन्दोलनकाे नाममा विदेशी शक्तिकाे इशारामा जनअनुमाेदित प्रतिनिधि सभाकाे हठात विघटन गर्नु बिडम्बनापुर्ण भएको उनकाे भनाइ छ ।
शुक्रबार संविधानकाे व्यवस्था बाहिरबाट पुर्व प्रधान न्यायाधीश शुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि उनकै सिफारिसमा जनताको सार्वभाैम संस्था प्रतिनिधिसभा विघटन गरेका थिए ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात भएको भन्दै पार्टीले यसको विरोध गर्ने बताएका हुन् । प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने बताएका हुन् ।
‘जननिर्वाचित सर्वोच्च संस्था विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्छ । पछिल्लो पटक प्रकट भएको जनमतको आधारमा बनेको प्रतिनिधि संस्था विघटन हुनु भनेको राज्यलाई अस्थिरतातिर, प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर गम्भीर षड्यन्त्र भएको हुँदा त्यसको विपक्षमा, विरोधमा नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठकले निर्णय गरेर उभिने र सम्पूर्ण जनतालाई अपील गर्ने भएको छ ।’ उनले भने ।





