नारायणगढबाट लमजुङ जाँदै गरेकाे बस र माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

मूलखबर संवाददाता
चितवन

नारायणगढबाट लमजुङ चितितर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पठाइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।