‘नाडा अटो शो’मा प्रचण्ड, उड्ने कारदेखी राेबाेटकाे स्वागतसम्म

मूलखबर संवाददाता
काठमाडौं, ५ भदौ

पुर्व प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को बुधबार अवलोकन गर्नुभएकाे छ । सो अवसरमा हालै पहिलाेपटक सार्वजनीक गरिएकाे उड्ने कारदेखी राेबाेटसम्मकाे अवलाेकन गर्नुभएकाे थियाे ।

 

नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ । नाडा अटो शो मा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

 

अवकाेलनपछि प्रचण्डले लेख्नुभएकाे छ  – भृ्कुटीमण्डपमा जारी ‘नाडा अटो शो’को अवलोकन गर्ने अवसर प्राप्त भयो। प्रबिधिमा भएको तीव्र विकास देख्दा निकै उत्साहित भएँ। अझ नेपालमै पनि यस्ता प्रबिधिमैत्री कामहरू भइरहेको देख्दा ठूलो सन्तोष महसुस भयो र अझ धेरै गर्न बाँकी छ भन्ने अनुभूति समेत भयो।