सुकुटे माध्यमिक बिधालयमा बस, सांसद नेपालद्वारा उदघाटन

मूलखबर संवाददाता
सिन्धुपाल्चोक , २ भदाै

बागमती प्रदेस सभा सदस्य अमृता नेपालले सुकुटे माध्यमिक बिधालयकाे लागि ल्याइएकाे स्कुल बसकाे शुभारम्भ गर्नुभएकाे छ ।  चौतारा सागाचोकगढि १० मा पर्ने  सुकुटे माध्यमिक बिधालयकाे लागि  सामाजिक बिकास मन्त्रालयबाट आर्थिक बर्ष २०८१/०८२ मा सांसद नेपालकाे पहलमा बजेट बिनियोजन गरिएकाे थियाे ।

साे बजेटबाट बस किनेर एक कार्यत्रमका बीच सांसद नेपालले अाज हस्तान्तरणा तथा शुभारम्भ गर्नुभएकाे हाे । सांसद नेपालले आगामी दिनमा विद्यार्थी भाइबहिनीहरुलाइ सहज स्कुल पुग्न र पठन पाठनमा सहयोग पुग्ने भएकाले बस व्यवस्थापनकाे लागि पहल गरेकाे बताउनुभयाे । सांसद नेपाल नेकपा माअाेवादी केन्द्रकी समानुपातिक सांसद तथा माअाेवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।

साे अवसरमा बिधालयकाे व्यवस्थापन समिति र बिधालय परिवारले खुसी व्यक्त गरेका थिए । बस व्यवस्थापनले गर्दा बिधालयमा बिधार्थी संख्या बढ्नुका साथै टाढाबाट अाउने बिधार्थीहरूले सहज ढंगबाट सेवा लिन सक्ने भएका छन् ।