चितवन उद्योग संघ, इच्छाकामनाको चौथो अधिवेशन सम्पन्न, रामहरि कँडेलको नेतृत्वमा नयाँ समिति गठन
चितवन उद्योग संघ, इच्छाकामना समिति सातौं बार्षिक साधारण–सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामहरि कँडेलकाे नेतृत्वमा समिति गठन गरेकाे छ ।
चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले समितिका उपाध्यक्षहरुमा गोविन्द जमरकट्टेल, सञ्जय खनाल, सचिवमा शिवप्रसाद पौडेल, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा सम्झना कुमारी सिलवाल, कार्यसमिति सदस्यहरुमा विना देउजा, रामप्रसाद जैसी बोहरा चयन गरेकाे छ ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका कार्य वाहक अध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सिलवालले यसक्षेत्रको औद्योगिक प्रबद्र्धनात्मक कार्यहरुमा पालिकाबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष नरबहादुर नेपाल, वडा नं.४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा नं.५ का वडा अध्यक्ष तेज बहादुर शेरचन, पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतको साधारणसभाको सफलताको शुभकामना सँगै अधिवेशनबाट नवनिर्वाचित सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा समितिको संस्थापक अध्यक्ष देखि हालसम्म सक्रिय रुपमा रही समितिको हरेक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने जलबिरे कृषि चुन उद्योगका प्रोपाइटर अम्बर बहादु्र अधिकारी र समितिमा आवद्ध सदस्य उद्योगहरु मध्ये कृषिजन्य उद्योगहरुतर्फ कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको थ्रि सिष्टर अचार तथा तितौरा उद्योगलाई सम्मान गरिएको थियो ।
गजेन्द्र अधिकारी निर्वाचन समितिको संयोजक रहनु भएको निर्वाचन समितिको सदस्यमा इच्छाकामना गाउँपालिकाका अधिकृत सुन्दर बहादुर खनाल र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो । प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित समितिको नाम घोषणा गर्नुभएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




