गाइजात्रामा के के देखियाे ? (फाेटाेफिचर)
गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।









