काभ्रेका खानीखोला ४ का दुई दर्जन बढी युवाहरु माओवादी केन्द्मा प्रवेश, भ्याली सम्पर्क मञ्च गठन
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० खानीखोला गाउँपालिका गाउँपालिका वडा नं। ४ को भ्याली भेला तथा प्रशिक्षण कार्यक्रम जडीबुटीस्थित इन्द्रशान बैंक्वेटमा शनिबार सम्पन्न भएको छ ।
माओवादीकेन्द्का केन्द्ीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद सुर्यमान दोङ लालध्वजको प्रमूख आतिथ्यमा सम्पन्न भेलाबाट प्रेम बहादुर वज्यु तामाङको अध्यक्षतामा ४३ सदस्यीय भ्याली सम्पर्क मञ्च कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा पुष्पा मोक्तान९थिङ०, दिलनाथ लोप्चन तामाङ, सचिवमा छेवाङ स्याङतान, सह सचिवमा मनिषा माझी र कोषाध्यक्ष हिरलाल डिम्दुङ चयन भएका छन् ।
गाउँबाट काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा विभिन्न पेशा व्यवसायमा रहेका माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रमबाट गठीत
कमिटिको सदस्यहरुमा, ठकेन्द्र मोक्तान, पदम बहादुर थिङ, श्याम माझी, राम बहादुर थिङ, लाल बहादुर थिङ, भक्त बहादुर माझी, राजेश माझी, विकास लोप्चन, नविन माझी, रोसन गरुङ, निकेश जिम्बा, सुरेस मोक्तान, अनिल घलान, छेवाङ जिम्बा, विकास घिसिङ, राज वाइबा, अञ्जली शोर्पा ९घलान०, राजु माझी, कुमार माझी, राम बहादुर गोले र जनाकी माझी चनय भएका छन् ।
त्यस्तै, सुनिल माझी, सुरज माझी, तिलक माझी, टंक बहादुर थोकर, नम्रता स्याङतान९सिंतान०, कमल घलान, राजमान मोक्तान, सुवास मोक्तान, सरोज स्याङतान, दिपक मोक्तान, ग्याल्साङ बल, दोर्जे स्याङतान, शान्तिमाया थिङ, प्रमिला योन्जन९स्याङतान०, रेसम बल, ममता लोप्चन र शक्ति बल चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सा.सद तथा पार्टी केन्द्रीय सदस्य सुर्यमान दोङले माओवादी अन्य पार्टीहरुभन्दा फरक रहेको र माओवादी केन्द्र एकतावद्ध रहेको बताउँदै काभ्रेमा माओवादी केन्द्रको उत्साहजनक उपस्थिति र युवाहरूको जुझारुपनले आगामी दिनमा खानीखोला विकाससँगै पार्टी निर्माणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूको साथ आवश्यक भएको र विशेषगरी विकट खानीखोलाको विकासका लागि केन्द्र सरकारसँग प्राथमिकताका आधारमा बजेट ल्याएर ठेक्का प्रक्रियामा सदुपयोग गर्नुपर्ने बताए।
संघीय सांसद उर्मिला माझीले आफ्नो जन्मथलो खानीखोला–४ मा भेटघाट गर्न पाउँदा खुशी व्यक्त गर्दै यस आर्थिक वर्षमा सिंचाइका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गराउन सफल भएको जानकारी दिइन्। उनले आगामी दिनमा पनि जन्मथलोको विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ९छिन्ताङ०ले खानीखोला–४ का युवाहरू एकजुट भई देश निर्माण र गाउँको समृद्धिको लागि जुटिरहेको देखेर खुशी व्यक्त गरे। उनका अनुसार, नवप्रवेशी युवाहरूको सक्रियता गाउँको विकासको बाटोमा महत्वपूर्ण हुने समेत बताए ।
कायृक्रममा माओवादी केन्द्र काभ्रेका अध्यक्ष भोला अर्याल, सचिव दैवलाल घिसिङ, खानीखोला गाउँपालिका इन्चार्ज तथा बागमती प्रदेशका सचिवालय सदस्य मिना पाख्रीन, गाउँपालिका अध्यष लगायतले प्रशिक्षण दिएका थिए ।




