नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, र ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ।




