किसानलाई मलकाे माग गर्दै वाइसीएल लमजुङले बुझायाे प्रजिअलाई ज्ञापनपत्र

मूलखबर संवाददाता
लमजुङ, १२ साउन

नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाइसीएल लमजुङले किसानलाई मल उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

वाइसीएल लमजुङका इन्चार्ज तथा केन्द्रीय सदस्य मैत बहादुर गुरूङ`यम´काे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीसमक्ष साेमबार ज्ञापन पत्र बुझाएको हाे ।

वाइसीएलले देशव्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत लमजुङमा पनि ज्ञापनपत्र बुझाइएको इन्चार्ज गुरूङले बताए । ज्ञापनपत्रमा साउनकाे मध्य हुँदासम्म मलखाद नपाएर किसान पीडित भएको बताउँदै तत्काल मल उपलब्ध गराउन र न्याेचित वितरण गर्न माग गरिएकाे छ ।

त्यसैगरी पत्रमा सरकारको कुसासन, भ्रस्टाचार, कालोबजारी लगायत विभिन्न बिकृती र बिसङ्गतिबिरुद्ध पनि  आन्दोलन गर्ने जनइएकाे छ । ज्ञापनपत्रमा अध्यक्ष शिवराज गुरूङ र इन्चार्ज यम गुरूङकाे हस्ताक्षर रहेकाे छ ।

साे अवसरमा माओवादी युवा नेताहरू कृष्ण अधिकारी, उत्तम अधिकारी, वाइसीएल अध्यक्ष शिवराज गुरूङलगायतकाे उपस्थिति रहेकाे थियाे । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यस विषयलाई आफुले गम्भीरतापूर्वक लिएकाे र समाधानका लागि पहल गर्ने बताएका थिए ।