माओवादी पार्टी निर्माणमा किराँतीका चार टिप्स

मूलखबर संवाददाता
काठमाडौं, ११ साउन

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री सुदन किराँतीले माओवादी पार्टी निर्माण र सुदृढीकरणकाे लागि भन्दै बिहानै चार टिप्स सार्वजनिक गरेका छन् । उनलेे पार्टीकाे केन्द्रीय समिति बैठककाे निर्णय कार्यन्यन गर्न केही सर्त पालना गर्न सुझाव दिएका छन् ।

उनलेे सामाजिक सञ्जालमा लेखेका छन्-

पछिल्लो पार्टी केन्द्रीय समितीको निर्णयको स्प्रीड कार्यन्वयन गर्न निम्न सर्तहरु दृढता पूर्वक लागु गरौँ ।
सर्तहरु:-
१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तिव्र बनाउ ।
२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोप तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।