दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, ६ साउन ।

दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित ठमेलको एक होटलबाट दुई चिनियाँ पक्राउ परेका छन् ।

सोमबार राति तान चुनलिन र महिला जौ सुवेईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्याँठामा रहेको होटल जिउ डिङ युआन बिन ग्वानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजना प्रेमीप्रेमिका रहेको र एक महिनादेखि नेपालमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको बताए । कार्यालयले अनुसन्धान सकेर उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाउनेछ ।