सरकारलाई मार्ग प्रशस्त गर्न सांसद लामाकाे सुझाव 

मूलखबर संवाददाता
काठमाडौं, ३० असार

प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाले सरकारकाे ओैचित्य समाप्त भइसकाेकाे बताउँदै मार्ग प्रसस्त गर्न सुझाव दिएकी छिन् ।

संसद बैठकमा शुन्य समयमा बाेल्दै माओवादी केन्द्रकी सांसद लामाले सरकार भ्रष्टाचार, बेथिति र  अनियमितताकाे चाङले छाेपिएकाेले सरकारकाे ओैचित्य सकिएकाे आराेप लगाईन् ।

उनलेे सरकारले जनतामा देखाएकाे सुख, समृद्धि र स्थिरताकाे सपना शुन्य सावित भएको बताउँदै सात बुँदे प्रतिवद्वता र जनतासामु गरेका सरकारका सबै प्रतिवद्वता झुठो प्रमाणित भएकोले सरकारले सत्तामा बसिरहनुकाे कुनै अर्थ नभएको बताइन् ।