उत्तरगंगा जलविद्युत आयाेजना कसकाे स्वार्थमा राेकीयाे ? तत्काल अगाडि बढाइयाेस्: पाैडेल
प्रतिनिधिसभा सदस्य एवम् पुर्व शिक्षा मन्त्री देबेन्द्र पाैडेलले उत्तर गंगा जलासययुक्त जलविद्युत परियाेजना तत्काल अगाडि बढाउन माग गर्नुभएको छ ।
संसदकाे मंगलबारकाे बैठकमा शुन्य समयमा बाेल्दै माओवादी सचिव समेत रहेका पाैडेलले उत्तर गंगा जलासययुक्त जलविद्युत परियाेजना अगाडि नबढाउनमा स्वार्थ समुहकाे चलखेल हुन सक्ने आशंका व्यक्त गर्नुभयाे ।
उहाँले भन्नुभयाे- `आयोजना किन अगाडि बढाइएन, जग्गाको मुआव्जासहित जनताको माग पुरा गरियाेस् । के कारणले अगाडि बढाइएन, कसकाे स्वार्थ र दबाबमा आयाेजना राेकियाे ?´
उहाँले मध्यपहाडी लाेकमार्गकाे अछेतेदेखी घाेडाबाँधे सडक खण्ड निर्माण छिटो गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।




