साउन १ गतेबाट ८ प्रकारका बिरामीले २ लाखको बीमा उपचार प्राप्त गर्ने

मूलखबर संवाददाता
काठमाडौं, २६ असार ।
साउन १ गतेबाट ८ प्रकारका बिरामीले २ लाखको बीमा उपचार प्राप्त गर्ने भएका छन् ।
सरकारले स्वास्थ्य बीमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला अघि बढाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
जसअनुसार अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन निरन्तर प्रयत्नशील रहेको पनि मन्त्री पौडेलले जानकारी दिनुभएको छ ।