काभ्रेको खानीखोला पालिकामा एकै दिन दुई सुचना, विपद आइलागे यसमा गर्नुहोस् सम्पर्क

मूलखबर संवाददाता
काठमाडौं, २५ असार ।

काभ्रेको खानीखोला गाउँपालिकाले एकैदिन सर्वसाधारणको जाानकारी र हितको लागि एकैदिन दुई सुचना जारी गरेको छ । गाउँँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका जनताको सुरक्षा र सेवाको लागि सुचना जारी गरेकाे हो ।

 

पालिकाले वर्खायाममा आउनसक्ने विपदको पुर्व जनाकारी, सतर्कता र आवश्यक सहयोगको लागि भन्दै गाउँपालिका अध्यक्षदेखि वडाका प्रतिनिधि, प्रहरी र स्वास्थ्यसेवाको लागि सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर र नामहरु सार्वजन्ीक गरेको छ भने सामाजिक सुरक्षा भत्ताको कार्ड

नवीकरण गर्नको लागि सहजीकरण गर्नको लागि भनेर वडामा प्रतिनिधिहरु खटाएको जानकारी पनि सुचनामा दिएको छ ।