कांग्रेसद्वारा रसुवा बाढीमा दुः व्यक्त, उद्वार र राहतमा लाग्न आग्रह

मूलखबर संवाददाता
काठमाडौं, २४ असार

सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुःखित र गम्भीर बनाएको बताएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि देशव्यापी सतर्कताका लागि अपिल गरेका छन् । विज्ञप्तिमा उद्धार र राहतमा युद्धस्तरमा लाग्न आग्रह गरिएको छ ।

‘३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको छ । यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा लेखिएको छ ।