माओवादी सांसद लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका युवा पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, २३ असार ।

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी छिरिङल्यामु लामाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेका एक युवक पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा व्यक्तिको चरित्रहत्या हुने गरी अश्लील भिडियो निर्माण गरेको आरोपमा राप्रपा सम्वद्ध रमेशबहादुर बडु बाग पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले बागलाई पक्राउ गरी अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ। उनलाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो । बागले एआईको माध्यमबाट सांसद लामाको चरित्र हत्या हुनेगरी भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सांसद लामाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरी कार्वाही अगाडि बढाएको हो ।

बागलाई पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको साइबर ब्युरोले जनाएको छ। बागले गत असार १९ मा एउटा टिकटक भिडिओ आफ्नो फेसबुकमा सेयर गरेका थिए, ।