दोर्दी गाउँपालिकाले ल्यायो ५७ करोड ६० लाख १६ हजारको बजेट, जलविद्युतको रोयल्टीले निशुल्क स्वास्थ्य विमा

मूलखबर संवाददाता
लमजुङ, ११ असार

लमजुङको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति कार्यक्रमसहित ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट ल्इाएको छ ।
पालिकाले चालु अनुदानतर्फ २५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँसभाको सत्रौं अधिवेशनमा अध्यक्ष युवराज अधिकारीले नीति कार्यक्रम र उपाध्यक्ष बिच्छबहादुर घलेले बजेट प्रस्तुत गरेका थिए । बृहत छलफल पछि गाँउ सभाले नीति कार्यक्रम र बजेट सर्वसम्मत पास गरेको थियो ।

पालिकाले जलविद्युतको रोयल्टीबाट आउने रकम बाट पालिकाका सबै नागरिकको स्वास्थ्य विमा निशुल्क गर्ने कार्यक्रम ल्याएको छ भने ‘एक घर एक रात एक छाक’ अभियानमार्फत होम-स्टे प्रवद्र्धन गर्ने नीति ल्याएको छ ।

बजेटमा कुल आय तर्फ ५७ करोड ६० लाख १६ हजार सात सय २८ रूपैंया मध्ये संघीय सरकारबाट गाँउपालिकाको वित्तिय समानिकरण अनुदान तर्फ नौं करोड ५९ लाख, ससर्त अनुदान तर्फ चालु तर्फ २५ करोड ८५ लाख संघीय समपूरक तर्फ ७६ लाख, विषेश अनुदान तर्फ ५४ लाख समपूरक अनुदानतर्फ एक करोड पाँच लाख बजेट स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए । । उनका अनुसार राजस्व बाँडफाँड तर्फ १० करोड ४१ लाख १० हजार सात सय २८ रूपैंया बजेट स्वीकृत भएको छ ।

काफ्लेले भने– ‘प्रदेश सरकारबाट गाँउपलिका वित्तिय समानिकरण अनुदानतर्फ एक करोड सात लाख छ हजार प्रदेश राजस्व बाँडफाँड तर्फ एक करोड रूपैंया बजेट स्वीकृत भएको छ ।’ प्रदेशको समपूरक अनुदान तर्फ ६० लाख विषेश अनुदान तर्फ ४० लाख वन, पर्यटन र रोयल्टी तर्फ दुई करोड ८० लाख आन्तरिक आय तर्फ राजस्व अनुमान ८० लाख मालपोत रजिष्ट्रेसनतर्फ आठ लाख र अन्यबाट दुई करोड ६५ लाख रूपैंया बजेट स्वीकृत भएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ सात करोड दुई लाख ८० रूपैंया, कृषि तथा पशुपंछी शाखाका लागि ५१ लाख, वन वतावरण तथा विविध विपद् व्यवस्थापनका लागि ३५ लाख, स्वास्थ्य शाखा तथा आयुर्वेद शाखा तर्फ ५८ लाख, शिक्षा युवा तथा खेलकुदको लागि ४९ लाख, रोजगार कार्यक्रमका लागि ५४ लाख ७२ हजार महिला बालबालिका अपाङ्ग तथा ज्येष्ठ नागरिकको लागि १३ लाख ७० हजार रूपैंया विनियोजन भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यक्रमका सदस्य, वडा सदस्य एवम् गाँउपलिकाका शाखा प्रमुख लगायतको सहभागिता थियो ।