अजिरकोट गाउँपालिकाले ल्यायो नीति कार्यक्रम : एक वडा एक नमूना होमस्टे

मूलखबर संवाददाता
गोर्खा, ५ असार ।

गोर्खा जिल्लाको उत्तरपुर्वी गाउँपालिका अजिरकोट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । पालिकाको १७ औँ गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। यस वर्ष पालिकाले समावेशी विकास, आत्मनिर्भर गाउँ र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित बहुआयामिक योजना अघि सारेको छ ।
प्रमुख कार्यक्रमहरूस्
✅ एक वडा, एक नमुना होमस्टेस् स्थानीय संस्कृति, खानपान र रहनसहनसँग जोडिएको ग्रामीण पर्यटन प्रवर्द्धन।
✅ बालमैत्री वडा घोषणाको तयारीस् बालबालिका सुरक्षित, शिक्षित र सशक्त बनाउने नीति।
✅ स्थानीय उत्पादनमा ब्रान्डिङ र घरउद्योगस् कोदोको रक्सी, जडिबुटी, मौरीपालन र दनुा टपरीजस्ता उत्पादनलाई बजारसम्म पुर्‍याउने।
✅ शिक्षामा व्यवहारिकतास् एक विद्यालय, एक प्रयोगशाला, करेसाबारी, मौरीपालन र विरुवा कार्यक्रम।
✅ स्वास्थ्य सेवामा गुणस्तर र पहुँचस् भच्चेक अस्पताल विस्तार, स्वास्थ्य बीमा, पोषण र मातृ(शिशु कार्यक्रम।
✅ सहकारी सशक्तीकरणस् एक घर, एक सदस्य, एक सहकारी, एक उत्पादन अवधारणाको कार्यान्वयन।
✅ योजना निर्माणदेखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित।