वर्षाले बेसीशहर चामे सडक अवरुद्ध, पाउँदीमा माइक्रो दुर्घटना

मूलखबर संवाददाता
लमजुङ, ४ असार ।

असारको शुरुवातमै वर्षापछि पहिरो जाँदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेपछि त्यहाँबाट गाडी चल्न सकेका छैनन्।
त्यसैगरी आजै विहान सुन्दरबजारबाट काठमाडौं जान लागेको माइक्रोवस पाउँदीमा दुर्घटनामा परेको छ । साँघुरो सडकमा ट्रकलाई साइड दिँदा माइक्रो सडकबाट तल खस्न लागेको हो । सडकको किनारबाट दुई पांग्रा तल खसेको भएपनि पुरै माइक्रो तल खस्न नपाएकोले ठूलो दुर्घटना र मानवीय क्षती भने हुन पाएन ।