
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा टी आर सि बारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल भएको भेटमा सहभागि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले बताए । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले पनि उनीहरुबीच अहिलेसम्म भइरहेका कामबारे छलफल भएको बताए ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताए ।