
गैरआवासीय नेपाली संघकाे महाधिवेशन सम्पन्न, महेश श्रेष्ठको नेतृत्वमा कार्यसमिति (नामावलीसहित)
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी चयन भएका छन् ।
महिला उपाध्यक्षमा जुनु गुरुङ चयन भएकी छिन् भने महासचिवमा बाबुराम लामा चयन भएका छन् । यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे छन् । सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।
सहकोषाध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् । सहकोषाध्यक्ष महिलामा भने उम्मेदवारी नपरेको बताइएको छ । महिला संयोजकमा रशमी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध छन् । ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध चयन भएका छन् ।
सर्वोच्च अदालतले एक वर्षअघि २१ चैत २०८० मा घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।
साथै, आदेशमा २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशन खारेज गर्न पनि भनिएको थियो ।
शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गरेको हाे ।