कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

माओवादी सांसदहरुको निश्कर्ष : नीति कार्यक्रम समाजवाद विरोधी, सबैले शंसोधन हाल्ने

मूलखबर संवाददाता
काठमाडौं, २१ बैसाख ।

प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुले सरकारले ल्याएको नीति कार्यक्रम समाजवाद विरोधी रहेको निश्कर्ष निकालेका छन् ।

पार्टीका सांसदहरुको बैठकले राष्ट्रपतिले संसदको दुबै सदनको बैठकमा पेश गरेको सरकारको नीति कार्यक्रमले संविधानले निदिष्ट गरेको समाजवाद उन्मुख राज्य हुनेछ भन्न्ने विषयलाई उल्टाउन खोजेको देखिएको ठहर गरेको छ । त्यसैगरी बैठकले सोह्रो योजनाले अगाडि सारेको सुशासन समृदि र विकासको अवधारणालाई छाडेर पन्ध्रौ योजनाको मार्गमा फर्किएको भन्दै एमालेले आफ्नो नारा मात्रै ल्याउन खोजेको निश्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सांसदहरुले नीति कार्यक्रममाथि संशोधन हाल्ने निर्णय गरेको छ । बैठकमा माओवादीबाट यस अघि योजना आयोगमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

बैठकमा पुर्व मन्त्री अनन्त र शक्ति वस्नेत लगायत सांसदहरुले सरकारले ल्याएको नीति कार्यक्रम पश्चगामी भएको, परम्परागत रहेको र जनताको आशा र अपेक्षाविपरित भएको भन्दै आलोचना गरेका थिए ।

छान्नुहोस् र सुन्नुहोस्