एमाले सांसदलाइ ओलीको निर्देशन -‘संसद बैठकमा लर्याङतर्याङ नगर्नु, दह्रो भएर कुरा राख्नु’

मूलखबर संवाददाता
काठमाडौं, २१ बैसाख ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एमाले सांसदहरुलाई संसदमा नीति कार्यक्रमको पक्षमा दह्रो ढंगले कुर राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सर्कारी निवास वालुवाटारमा पार्टीको संसदीय दलको बैठक आयोजना गरेका ओलीले सांसदहरुले विपक्षीको कुरा सुनेर अलमलिएको आरोप लगाए र भने ‘किन विपक्षीको कुरामा लागेर अलमलिएको ? अब लर्याङ तर्याङ नगर्नु, दह्रो भएर सरकारको पक्षमा लाग्नु ।’

बैठकमा एमाले सांसदहरुले नीीत कार्यक्रम उत्साहजनक नआएको र कपि पेष्ट भएको भनेर आलोचना गरेपछि ओलीको सो निर्देशन आएको एक सहभागिले मुलखबरलाई बताए ।