
देशकाे विकास र समृद्धिकाे लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली नै चाहिन्छ : डा. बाबुराम भट्टराई
पुर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुककाे विकासकाे लागि राजनीतिक स्थिरता चाहिने र त्यसकाे लागि कार्यकारी राष्ट्रपतिय शासन प्रणाली अनिवार्य रहेकाे बताएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनएकाे महाधिवेशन उदघाटन कार्यक्रममा सम्वाेधन गर्दै उनलेे मुलुककाे अहिलेकाे समस्या समाधान गर्न र विकास र समृद्धिमा लैजानकाे लागि अहिले विद्यमान शासकीय प्रणालीले सम्भव नहुने प्रमाणित भएकाे भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीकाे स्थापनामा लाग्नुपर्ने बताए ।