शिक्षक-सरकार वार्ता निष्कर्षविहिन, आन्दोलन यथावत

मूलखबर संवाददाता
काठमाडौं, १७ बैसाख

सरकार र आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधिबीच मंगलबार साँझ भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति नजुटेपछि विना निश्कर्ष टुंगिएको हाे । वार्तामा शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधि सहभागी थिए ।   तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् ।

हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं,’ वार्तापछि मन्त्री पन्तले भने ।

यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले आज मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै भोलि बेलुकीसम्म सबै सार्वजनिक गर्ने बताए । वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी थिए ।