धनकुटाका २० वर्षीय युवक जबर्जस्ती करणी आरोपमा पक्राउ

मूलखबर संवाददाता
धनकुटा, १४ बैसाख

धनकुटा नगरपालिकाका २० वर्षीय सबिन शेर्पालाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आज आइतबार प्रहरीले पक्राउ गरेको छ।

आरोपित शेर्पाले वैशाख ३ गते आफ्नै घरको कोठमा लगेर १६ वर्षीया बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। घटनापश्चात् फरार रहेका शेर्पालाई आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जनाए।

उनलाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले बताए। घटनापश्चात् पीडित बालिकाको बुबाले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीलगत्तै जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दायर गरी खोजतलास गर्दा आरोपित शेर्पा फरार थिए।