
वेपत्ता परिवारकाे घरमा प्रचण्डको बास, राजुराम पाैडेलकाे आमाद्वारा स्वागत
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जनयुद्वमा राज्यपक्षद्वारा बेपत्ता पारिनुभएका राजुराम पौडेलको घरमा बास बस्नुभएको छ।
पार्टीको तराई मधेस जागरण अभियानकाे क्रममा नवलपरासी पुग्नुभएका प्रचण्ड वेपत्ता परिवारकाे घरमा बास बस्नुभएकाे हाे । सहिद तथा वेपत्ता परिवारकाे साथमा बस्ने निर्णय प्रचण्ड आफैंले गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँलाई बेपत्ता राजुरामकी आमा दुर्गादेवी पौडेलले स्वागत गर्नुभएकाे थियाे ।
यस अघि हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले कावासोतीमा सहिद बेपत्ता परिवार जनलाई भेटघाट गर्नुभएको थियाे ।
माओवादीकाे ०६४ काे जस्तै पुनर्जीवन सम्भव छ भन्दै जनतासँग दाेस्राेचरणकाे जागरण अभियान चलाएकाे माओवादीले जनतासँग आत्मालोचना सहित सम्वन्ध सुधार र विस्तार गर्न लागिरहेको छ ।
