
त्रिभुवन विश्वविद्यालय स्ववियुमा नेविसंघका जाेशी निर्वाचित
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेपाली कांग्रेसकाे भातृ संस्था नेविसंघले जित निकालेकाे छ।
चैत १८ गते भएको निर्वाचनमा नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेका हुन् ।
उनका निकटतम प्रतद्वन्द्वी नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन्। त्यसैगरी अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन् ।
